राजनीति

मुलुकमा कम्युनिष्ट तानाशाहको उदय हुने संकेत देखियोः सभापती देउवा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीभित्रका गुट हटाउन आफू देशदौडाहामा लागेका बताएका छन् । शनिबार रामेछाप पुगेका देउवाले मन्थलीमा गरिएको पत्रकार सम्मेलन पार्टीभित्र अब कुनै गुट नरहने बताएका हुन् ।

फरक प्रशंगमा बोल्दैँ सभापती देउवाले मुलुकमा कम्युनिष्ट तानाशाहको खतरा रहेको औँल्याएका छन् । एकदलीय तानाशाहको उदय हुने संकेत देखिएको भन्दैँ देउवाले भने, ‘केपी ओली नेतृत्वको सरकारले विधीको शासन कुल्चदैँ अधिनायकवादी शासन व्यवस्था उन्मुख भएको संकेत गरेको छ, त्यसका विरुद्ध कांग्रेसले सडक र सदन दुवैतिर आन्दोलन गर्छ ।’

उनले आफू नेतृत्वको सरकारले गरेका निर्णय खारेज गर्ने निर्णय गरेको सरकारप्रति गम्भीर आपत्ती जनाएका छन् । उनले सरकारका रचतनात्मक काममा कांग्रेसले हातेमालो गर्ने बताए ।