खेलकुद

विश्वकप: स्वीडेन इङ्ल्यान्डलाइ पाखा लगाउने दाउमा, रुस पाहुनासँगको भिडन्त आफ्नो पोल्टामा पार्ने रणनीतिमा

काठमाडौं । २१ औँ चरणको रसियामा जारी विश्वकपमा शनिबार क्वाटरफाइनलका खेल सकिदैँछन् । आज राती चार टोली बीच दुइवटा खेल हुदैँछन् ।

आज राती हुने पहिलो खेलमा इङ्ल्यान्ड र स्वीडेबीच प्रतिस्पर्धा हुदैँछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार पौने ८ बजे मस्कोको सामरा स्टेडियममा हुनेछ । अन्तिम सोह्रबाट स्वीटजरल्यान्डलाई पाखा लगाउदैँ क्वाटरफाइनलमा प्रवेश गरेको स्वीडेनका लागि आजको यात्रा कठिन देखिएको छ । उसका अगाडी विश्वकपको सुरुवात देखि नै कमालको प्रदर्शन गर्दै आएको ईङ्ल्यान्ड मुख्य चुनौती देखिएको छ । ईङ्ल्यान्डले विश्वको ध्यान खिचेपनि यो पटक स्वीडेनलाई सुरुवात देखि नै भाग्यले साथ दिदैँ आएको छ । स्वीडेनको टोली एगुस्टोसन, ग्राण्डभिस्ट, एल्भारेज जस्ता खेलाडीले भरिभराउ छ । त्यस्तै इङ्ल्यान्डको टिममा ह्यारी केन, से लिङगार्ड, जेमी भर्डी, रहिम र्ट्लिङ, ढेले अली जस्ता विश्व चर्चित खेलाडी छन् । इङ्ल्यान्ड प्रिक्वाटरफाइनलमा कोलम्बियालाई पराजित गर्दै क्वाटरफाइनलसम्म आएको हो ।

त्यस्तै आज राती नै हुने क्वाटरफाइनलको अन्तिम खेलमा रुस र क्रोएसिया आमनेसामने हुदैँछन् । आायोजक राष्ट्र रुसले पाहुना क्रोएसियासँग खेलमार्फत साक्षात्कार गर्नेछ । नेपाली समयअनुसार राती पौने १२ बजे मस्कोको फिस्ट स्टेडियमा हुने खेल यी दुई टोलीबीचको खेल रोमाञ्चक हुनेछ । उपाधी दाबेदार मानिएको स्पेनलाई पेनाल्टी सुटआउटमा हराउदैँ क्वाटरफाइनलमा रहेको रुसले सुरु देखि नै प्रशंसायोग्य खेल प्रदर्शन गर्दै आएको छ । रुसको टोलीमा आर्टेम डिउजबा, डेनिस चेरीसेव, एलेक्सान्ड्रो गोलोभिन जस्ता खेलाडी छन् । रुस घरेलु टोली भएको हिसाबले पनि उ पूर्ण आत्मविश्वासमा देखिएको छ । त्यस्तै जारी विश्वकपमा सनसनी मच्चाउदैँ आएको क्रोएसिया यो पटक उपाधी उचाल्ने दाउमा रहेको छ । तर उसका लागि त्यति सजिलो छैन् । उससँग लुका मोड्रिक, ईभान राकिटिक जस्ता खेलाडीले सम्मिश्रण मिलाएका छन् ।

जुलाई १० तारिखमा सेमिफाइनलकोे पहिलो खेल फ्रान्स र बेल्जियमबीच हुनेछ भने अर्को सेमिफाइनलको टुङ्गो आज रातीको खेलले लाग्नेछ यो सेमिफाइनल जुलाइ ११ तारिखमा हुनेछ । तेस्रो स्थानका लागि जुलाई १४ र फाइनल खेल जुलाई १५ तारिखमा हुने फिफाले जनाएको छ ।