राजनीति

मुस्ताङको स्याङ्बोचेमा मृत्युहुने मजदुरप्रति काँग्रेसद्वारा दुःख ब्यक्त

काठमाण्डौ । मुस्तागंमा मृत्युहुनेहरुप्रति काँग्रेस सभापति देउवाले दुःख वयक्त गरेका छन् । मुस्ताङको स्याङ्बोचे सडक निर्माणमा खटिएका मजदुरहरु चढेको टिपर मुस्ताङको भेङ्जामा दुर्घटना हुँदा त्यसमा सवार १९ जनाको मृत्यु हुन गएको र १० जना सख्त घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

मृतकहरुप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

सभापति देउवालाई उदृत गर्दै पार्टी मुख्यसचिब कृष्णप्रसाद पौडेलले बताएका छन् ।