आर्थिक

ग्लोबल आइएमई बैंकको एकैसाथ ७ शाखारहित बैंकिङ्ग सेवा

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले २०७५ आषाढको तेस्रो साता थप ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका ७ शाखारहित बैंकिङ्ग सेवा संगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ९९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले मिति २०७५ आषाढ १८ गते सोमबार बाग्लुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका – ८ बोबाङ्गमा ९३ औँ, मिति २०७५ आषाढ १९ गते मगंलबार गुल्मी जिल्लाको मुसीकोट नगरपालिका – ९ पाडथोकमा ९४औँ र सोही दिन गुल्मी जिल्लाकै मुसीकोट नगरपालिका – ३, ठुलापोखरामा ९५औँ, यसैगरि मिति २०७५ आषाढ २० गते बुधबार अर्घाखाँची जिल्लाको माला रानी गाउँपालिका – २, डाँडाकटेरीमा ९६औँ, मिति २०७५ आषाढ २० गते बुधबार गुल्मी जिल्लाको धुरकोट गाउँपालिका – ५, बास्तुमा ९७औँ सेवा सुरु गरेको छ । साथै मिति २०७५ आषाढ २२ गते शुक्रबार नवलपरासी जिल्लाको रामग्राम नगरपालिका – १७, पट्खौलीमा ९८औँ र शुक्रबार नै गोरखा जिल्लाको गण्डकी गाउँपालिका – १, मकैसिङ्गमा ९९औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।

बाग्लुङ्गको बोबाङ्गमा श्याम घर्ति मगर, गुल्मीको पाडथोकमा द्रोण प्रसाद सापकोटा र ठुलापोखरामा बसन्त अधिकारी, अर्घाखाँचीको डाँडाकटेरीमा कृष्ण कुँवर क्षेत्री, गुल्मीकै बास्तुमा लुमकान्त पाण्डे, नवलपरासीको पट्खौलीमा सिमा कुमारी चौधरी र गोरखाको मकैसिङ्गमा राजन श्रेष्ठलाई शाखारहित बैंकिङ्ग सेवाको लागि व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।