समाचार

जिवित सालक खरिदबिक्री गर्ने राजधानीबाट प्रहरी फन्दामा

काठमाडौं । अवैध रुपमा जिवित सालकको खरिदबिक्रि गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको शंखपार्कबाट संरक्षित बन्यजन्तु ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा २९ बर्षीय राजेन्द्र तामाङ र ३१ बर्षीय दुर्गा बहादुर बिक रहेका छन् । उनीहरु राजधानीमा बसोबास गर्दै आएका छन् । पक्राउ तामाङ र बिकलाई आवश्यक कारवाहीका लागि जिल्ला बन कार्यालयमा बुझाईएको छ ।

गैरकानूनी तरिकाले संरक्षित वन्यजन्तु मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने वा ओसार पोसार गर्ने व्यक्तिलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानूनी प्रवधान रहेको छ ।

उद्धार गरिएको जिवित सालकलाई आवश्यक संरक्षणका लागि सदर चिडियाखाना जावलाखे बुझाईएको छ । सालक ऋक्ष्त्भ्क् महासन्धी १९७५ को अनुसुची १ मा लोपोन्मूख प्रजातिको सूचीमा सुचीकृत प्राणी हो ।