खेलकुद

क्वाटरफाइनलः ब्राजिललाई घर पठाउने रणनीतिमा बेल्जियम, फ्रान्स र उरुग्वेबीच रोमाञ्चक भिडन्त

काठमाडौं । २१ औँ संस्करणको विश्वकप फुटबलमा सहभागी टिमको संख्या घट्दैँ जादाँ माहोल भने तात्दै गएको छ । नकआउट चरणका खेल सकिएसँगै क्वाटरफाइनलको मैदानमा ८ टिम छन् । शुक्रबारदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुदैँछन् । आज हुने पहिलो खेलमा फ्रान्स र उरुग्वे आमनेसामने हुदैँछन् । नेपाली समय अनुसार पौने ८ बजे हुने खेल रसियाको मस्कोस्थित नोभगोरोड स्टेडियमममा हुनेछ ।

अन्तिम सोह्रबाट अर्जेन्टिनालाई हराउदैँ फ्रान्स क्वाटरफाइनलसँम्म आएको छ । एक पटकको विश्वविजेता फ्रान्स दोस्रो पटक विश्वकप जित्ने दाउमा छ । लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाविरुद्ध ४–३ ले जित निकाल्दैँ क्वाटरफाइनलमा सेफ ल्यान्डिङ गरेको फ्रान्स सुरु देखि नै तातेको छ । उसका सबै खेलाडीहरुको सम्मिश्रण मिलेको देखिन्छ । फ्रान्स एम्बापे, ग्रीजम्यान, पोग्वा,हर्नाडेड, जिरोर्ड कान्ट जस्ता खेलाडीले भरिभराउ टोली हो । उसलाई धेरैले यसपटकको विश्वकप उपाधी उचाल्ने टोलीको रुपमा हेरेका छन् ।

यता उसको प्रतिस्पर्धी उरुग्वे पनि बलियो प्रतिछद्धन्बद्धीमो रुपमा छ । उसले रोनाल्डो नेतृत्वको पोर्चुगललाई पाखा लगाउदैँ क्वाटरफाईनलको टिकट काटेको हो । उरुग्वेलाई हराउन फ्रान्सलाई ठूलो चुनौती छ । उरुग्वेलाई जारी विश्वकपमा सेट टिमको रुपमा हेरिदैँ आएको छ । उरुग्वेभित्र काभानी र लुईस स्वारेजको गजबको सन्तुलन देखिएको छ ।

यी दुई टोली बीचको विगतको ईतिहास पल्टाउदाँ अन्र्तराष्ट्रिय खेलमा अहिलेसम्म भेट भएको छैन । तर पनि दुवै टोली बलियो देखिएकाले रोमाञ्चक खेल हुने निश्चित छ ।

आजै हुने अर्को खेलमा सर्वाधिक विश्वकप उपाधी उचाल्न सफल ब्राजिल र सुरुवात देखि नै कमाल गरिरहेको बेल्जियम भिड्दैँछन् । यो खेल मस्कोको एरिना रङगशालामा राती पौने १२ बजे सुरु हुनेछ । यी दुई टोली बीचको खेललाई बहुप्रतिक्षाका साथ हेरिएको छ । ब्राजिल अपराजित रहदैँ क्वाटरफाईनलमा पुगेको टोली हो ।

रोबर्टो फिर्मिनो, पाउलिन्हो, फलिप काउन्टिन्हो, ग्रावियल, एलिसन, नेयमार जस्ता खेलाडीले साज सज्जा भएको टोली ब्राजिल हो भने बेल्जियमका खेलाडीले पनि खेलको सुरुवाती देखि नै आफूलाई प्रमाणित गर्दै आएका छन् । लुकाकु, डि ब्रुने, ईडेन हाजार्ड, नासेर चाडिल जस्ता सनसनी मच्चाईरहेका बेल्जियममका स्टार खेलाडी ब्राजिललाई क्वाटरफाईनलबाट घर पठाउने दाउँमा छन् तर त्यो उनीहरुका लागि सजिलो भने पक्कै पनि छैन् ।

आजको खेल आफ्नो पोल्टामा पार्ने टोली सेमिफाईनलमा प्रवेश गर्नेछन् ।