लुम्बिनी

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बुटवल । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत बुटवल बर्दघाट खण्डको देवदहमा गएराति बसको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५०८२ नम्बरको बसले सोही दिशातर्फ साइकलमा जाँदै गरेका देवदह नगरपालिका–६ का ४० वर्षीय सोमबहादुर श्रीसको देवदह–९, घोडाहामा गएराति करीब पौने १० बजे बसको ठक्करबाट मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका श्रीसको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।