साहित्य

जसुदा स्मृति पुरस्कार थुलुङलाई

मंगलबारे, इलाम । यस वर्षदेखि प्रदान गर्न लागिएको ‘जसुदा प्रतिभा पुरस्कार’ इलामका युवा साहित्यकार अन्वेष राई थुलुङलाई प्रदान गरिने भएको छ ।

भानु प्रतिभा संरक्षण तथा साहित्य सम्वद्र्धन समितिले वितरण गर्ने सो पुरस्कार थुलुङलाई प्रदान गर्ने निर्णय गरेको हो । नवोदित प्रतिभाका रचनाको मूल्यांकनका क्रममा रचनाको मौलिकता, शिल्प र प्रयोगका आधारमा सो पुरस्कार थुलुङलाई वितरण गर्ने निर्णय भएको सम्वद्र्धन समितिका अध्यक्ष विमल वैद्यले बताए ।

पुरस्कारको राशि रु १० हजार १०१ रहेको छ । पुरस्कार भानु जयन्तीको अवसर पारेर वितरण गरिनेछ । साहित्यकार थुलुङले विशेष गरेर नाटक निर्देशन र कथा लेखनमा जोड दिने गरेका छन् ।