मनोरञ्जन

कटक बुढा र साया भण्डारीको अभिनयमा ‘कति माया गर्छु'(भिडियो)

काठमान्डौं । बुढा म्युजिक प्रालिको प्रस्तुतिमा कुमार विन्दास र कविराज बुढाको मौलिक लोकदोहोरी एल्बम “ कति माया गर्छु ” गायिका सन्ध्या बुढा र गायक खेम सेन्चुरीको आवाज सजिएको लोक दोहोरि गीत कति माया गर्छु बजारमा आएको छ । आफनी प्रेमी आफनो लागी प्राण भन्दा पनि प्यारो भएको कुरा गीतमा ब्यक्त गरिएको छ ।

ए कुमार बिन्दासको लय तथा शब्द सिर्जनमा मायालु जोडिका प्रेम पछिको विछोडका पिडाका आवाजहरुलाई गीतमा ब्यक्त गरिएको छ । सागर गौत्तमको छाँयाकन , अमर शाक्यको सम्पादन र मान सिंह खड्काको निर्देशनमा निमार्ण गरिएको भिडियोमा कटक बुढा र साया भण्डारीको अभिनय रहेको छ ।