मनोरञ्जन

सपनलाई चौतर्फी सहयोग जुट्दै, पाउने भए यस्तो मौका(भिडियो सहित)

काठमाडौं । कला हुदा पनि गला भासिए सरह भएका सपन श्रेष्ठलाई सहयोग जुट्न थालेको छ । देश तथा बिदेशका नेपालिहरुले निकै चासोका साथ उनको गायन कलालाई उत्कृष्ट मुल्यांकन गर्दै भबिष्यमा एक स्थापित गायक बन्न सक्ने संज्ञा दिएका छन् । जुलाई २ मा युट्युब मार्फत सर्बजनिक उनको पहिलो अन्तरबार्ता हेरेपछी चर्चित गायक कमल खत्रीले पनि सहयोगी हात अघि बढाएका छन् ।

सुनसरि रामधुनी ७ का सपनले अब रेकर्ड हुने पहिलो गीतको लागि शब्द र कम्पोज बिना पारिश्रमिक कमलले गर्दिने भएका छन भने रेकर्डिङ स्टुडियोमा पनि केहि छुट गराउने प्रतिबद्धता जनाएका छन् । कमलले सपनको लागि मेहनत गरेर पहिलो गीत रेकर्ड गराउने समेत बताए । यता उनलाई सहयोग गर्न ईटहरीमा पुनः संचालनमा आएको कुन्डलिनीमा पारिश्रमिक सहित सपनको गायन कला शो गरिने भएको छ ।

साथै कुन्डलिनीमा अगस्ट १ मा हुने चर्चित गायक नितेश जङ्ग कुवरको विशेष शोमा समेत सपनले गीत गाउने मौका पाउदै छन । संगीत नै नसिकी पनि सबैखाले गित यति मज्जाले गाएको देखेर कुन्डलिनीका सन्चालक करण बिष्टले यस्तो मौका दिने बताएका छन् । त्यस्तै उनको गीत रेकर्ड तथा भिडियो निर्माणको लागि आर्थिक सहयोग पनि केही रुपमा जिटिरहेको छ ।

उनको सपना साकार पार्न यि सबै तारतम्य मिलाईरहेका डिथ्री टिभीका प्रस्तोता सुवास संकल्पको सक्रियतामा आर्थिक सहयोग पनि जुट्न थालेको हो । उनले सपन संग लिइएको अन्तरबार्तामै गीत रेकर्ड गराउने र भिडियो समेत निर्माणमा सहयोग गर्ने बाचा गरेका थिए । त्यसै अनुरुप युकेमा बस्ने श्रद्धा स्त्रीले सपनको कला र गलाको सम्मान गर्दै रु १५ हजार आर्थिक सहयोग गर्ने भएकी छिन् ।

त्यस्तै काठमाडौमा पछिल्लो समय भिडियो छायांकन तथा सम्पादनमा निकै सक्रिय तथा चर्चित बनिरहेको ‘द मोन्टाज क्रीयशन’का पवन सुस्लिङले उनको म्युजिक भिडियो निर्माणका लागि बिना पारिश्रमिक क्यामेरा र भिडियो सम्पादनको जिम्मा लिएको छ । उनको सहयोगको लागि विभिन्न नेपालिहरुले सहयोगी भावना देखाउदै सपन र अन्तरबार्ता लिने सुवासलाई फोन सम्पर्क गरिरहेका छन् । अझै केही रकम अपुग भैरहेकोले सहयोगको आव्हान गरिएको छ । अब पहिलो चरणमा सपनको गीत रेकर्डको तयारी समेत सुरु गरिने संकल्पले जानकारी गराए ।