समाचार

शसस्त्र प्रहरीका ५ एआईजीपीद्वारा भूमिका नपाएको भन्दै राजीनामा

काठमाण्डौ । अघिल्लो शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले गरेका निर्णय खारेज गरेपछि शसस्त्र प्रहरीका ७ एआईजीपीहरुले राजनीनामा दिएका छन् । जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ गरी ५ एआईपीहरुले आईजीपी शैलेन्द्र खनालसमक्ष राजीनामा दिएका हुन् ।
आईजीपी खनालले आजै निमित्त गृहसचिब रामकृष्ण सुबेदीलाई दिईएको बताईएको छ । एआईजीहरुले आफूहरुलाई सरकारले भूमिका नदिएको कारण राजीनामा दिएको बताएको दाबी गरिएको छ ।