अन्तर्राष्ट्रिय

आप्रवासी निर्णयबारे विरोध जारी

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका केही शहरमा अमेरिकाले हालै लिएका आप्रवासीसम्बन्धी नीतिको विरोध गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हालैका आप्रवासीसम्बन्धी नीतिबारे यहाँका विभिन्न शहरमा बुधबार पनि विरोध ¥यालीको आयोजना गरिएको छ ।

गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी परिवारलाई अमेरिकाले उनीहरूका सन्तानबाट छुट्टै राख्ने भनी गरेको निर्णयको विरोध गर्दै ती प्रदर्शन भएका हुन् ।

राष्ट्रपति ट्रम्पको यस नीतिप्रति ती ¥यालीमा आक्रोश व्यक्त भएको बताइएको छ । उता राष्ट्रपति ट्रम्पले भने त्यस विरोध प्रदर्शनको क्रमलाई रोक्ने बताए।

ती विरोध ¥यालीमा प्रदर्शनकारीले अमेरिकी सीमामा अलग गरिएका आप्रवासी परिवारलाई सँगै रहन दिइनुपर्ने माग राखेका थिए ।

यस्तो विरोधपछि बालबालिकालाई अभिभावकबाट अलग गर्ने नीति परिवर्तन गरिने राष्ट्रपति ट्रम्पले घोषणा गरेपनि अझै पनि सबै बालबालिका आफ्ना आमाबुवासँग बस्न पाएका छैनन् ।

त्यस्ता बालबालिकाको भविष्यलाई लिएर ती विरोध प्रदर्शन गरिएको बताइएको छ । तिनका आफन्त र अभिभावकले उनीहरुको भविष्यको चिन्ता गरेका छन् ।