साहित्य

गोपालप्रसाद रिमाल नाटक र कविता पुरस्कार घोषणा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यस वर्षको गोपालप्रसाद रिमाल नाटक पुरस्कार प्रा डा मोहन हिमांशु थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्री रवीन्द्रप्रसाद अधिकारीले मंगलबार मन्त्रीस्तरीय निर्णय गरी गोपालप्रसाद रिमाल काव्य पुरस्कार जोरपाटी काठमाडौँका नरेश शाक्यलाई प्रदान गर्ने निर्णय गर्नुभएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले राससलाई जानकारी दिए । दुवै पुरस्कारको राशि रु एक लाख छ ।

थापाले नेपाली गद्य आख्यान र शाक्यले कविता क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर स्वरुप पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । असार ८ गते गठन भएको पुरस्कार सिफारिश समितिले उहाँहरुको नाम छनोट गरेको हो ।