आर्थिक

माछापुच्छ्रे र एसएमए ईन्टरनेसनल बिच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र हङ्गकङ्ग स्थित एस्एम्ए ईन्टरनेसनलबिच छिटो, छरितो र झन्झट रहित रेमिट्यान्स सेवाको सम्झौता भएको छ । ग्राहकहरुले उक्त रेमिट्यान्स सेवा एसएमए ईन्टरनेसनल द्वारा सञ्चालित वर्कर एप्प्सबाट लिन सक्नेछन् । वर्कर एपस एउटा वेब र मोबाईल एपमा आधारित पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो ।

वर्कर एप्सका संस्थापक तथा सिइओ प्रबिन चन्दिरामनिले माछापुच्छ्रे बैंकसँग रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता गर्न पाउनु गौरवको कुरा रहेको बताएका छन् । उनले यस सहकार्यबाट देश विदेशमा रहेका ग्राहकहरु लाभान्वित हुने बताउँदै मानिसहरुको जीवनस्तर समेत उकास्न मद्दत पु¥याउने जनाएका छन् ।

यो सम्झौतासँगै युएई, कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।