आर्थिक

माछापुच्छ्रेद्वारा वृक्षारोपण कार्यक्रम

काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा बुधबार काठमाडौं महानगरपालिका वडा नंं. ४ को मुल सडक बालुवाटार राष्ट्र बैंक चोकको वरपर,बैंकको बालुवाटार शाखा देखि भाटभटेनी सम्म वृक्षारोपण गरेको छ ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय बाताबरण बनाउन प्रगतिशिल धारा सुधार समितिसँगको सहकार्यमा उक्त वृक्षारोपणकार्यक्रम सम्पन्न गरेको हो । उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरे । माछापुच्छ्रे बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले वृक्षारोपण गरी कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाए ।

बंैकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९१ वटा एटीएमहरु संचालनमा रहेको छ ।