गण्डकी प्रदेश

अल बिदा लेखेर हिडेका पोखरा महानगरका हाकिम सिसी टिभीमा देखिन्छन्, सेतीमा भेटिदैनन् (भिडियो)

पोखरा । पोखरा महानगरपालिकाका सामाजिक विकास अधिकृत ओमराज पौडेल गत असार ९ गतेदेखि सम्पर्कविहीन भए । घरमा मोबाईल, सुनका गरगहना र श्रीमतिको नाममा अलबिदा लेखेर हराएका पौडेल अहिले सम्म भेटिएका छैनन् ।

पोखराको महेन्द्रपुल तिर बिहान हिडिरहेको सिसी टिभी क्यामेरामा देखिन्छन्, पुल कटेपछिको सिसी टिभी क्यामेरामा देखिदैनन् । स्थानीयबासीले ९ गते बिहान करिब साढे पाँच बजेतिर एक मानिस महेन्द्रपुलबाट सेती नदिमा हाम्फालेको बताएका थिए ।

अघिल्लो सिसी क्यामरामा देखिएका पौडेल पछिल्लो सिसी टिभी क्यामरामा नदेखिनुले पनि पौडेल सेतीमा नै हाम्फालेको प्रहरीको ठम्माई छ तर खोजि गर्दा उनी सेतीमा भेटिएनन् । सेतीको पानीको बाहव कम भएर मानिस भित्रै डुबेको ठानेर प्रशासनले सेतीको ड्याम खोलेर पानीको वाहव पनि बढायो तर पनि पौडेलको केही पत्तो लागेन ।

खोजीका लागि हरेक दिन प्रहरीको एक टोली खटिए पनि पौडेलको अवस्था पत्ता नलागेको मेयर मानबहादुर जिसीले बताए ।

जिसीले पौडेलको खोजीमा सम्पूर्ण शक्ति लगाएपनि अवस्था पत्ता लगाउन नसकिएको बताए । ‘हाम्रो सामाजिक शाखा प्रमुख पौडेलको खोजीमा सबै शक्ति लगाएका छौं,’ उनले भने, अझै पनि सबै मिलेर खोजी गरौं ।’ उनले महानगरले पौडेलको खोजीमा चासो नदिएको भन्ने आरोप झूठो भएको दाबी गरे ।

उनले भने,‘हाम्रो परिवारको सदस्य सम्पर्कविहीन हुँदा हामीले चासो नदिने भन्ने नै हुँदैन, महानगरपालिका खोजी कार्यमा संवेदनशील छ ।

https://youtu.be/iAy_kozEY7A