पर्यटन/संस्कृति

१५ सदस्यीय कमिटि चयन गर्दै सकियो एन्टोजको पहिलो अधिवेसन

काठमाडौं । नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को काठमाडौं शाखाको पहिलो अधिवेसन १५ सदस्यीय कमिटि चयन गर्दै राजधानीमा सम्पन्न भएको छ । अधिवेसनले जि पि पौडेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको हो ।

कमिटिको वरिष्ठ उपाध्यक्षमा इश्वर पनेरु र रजिना माझी, त्यस्तै सचिवमा दिपेन्द्र बोहरा, सह सचिवमा सौजन लिम्बु, र कोषाध्यक्षमा दिपक पराजुली चयन भएका छन् । कमिटिको प्रदेश पार्षदमा मनोज पराजुली र पुजा तिवारी छनौट भएका छन् ।

एन्टोजका अन्य सदस्यहरुमा आशिष न्यौपाने, अनिल रानाथारु, भुवनराज उप्रेति, छबी सापकोटा, पुष्प भट्ट, उज्जल काफ्ले, अनिल चौधरी, सपना गुरुङ र सृजना पनेरु रहेका छन् ।

काठमाडौं शाखाको पहिलो अधिवेसनलाई सम्बोधन गर्दै एन्टोजका केन्द्रीय अध्यक्ष धनीराम शर्माले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पत्रकारको भूमिका उल्लेख्य हुने भएकोले त्यसतर्फ लाग्न पत्रकारहरुलाई आग्रह गरे । ‘सम्वृद्धिका लागि पर्यटन संचार अभियान’ नाराका साथ नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) को गठन ४ वर्ष अगाडी भएको भन्दै उनले संघलाई देशव्यापी विस्तार गर्ने अभियानमा लागि परेको बताए ।

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज)को नयाँ समिति गठन भएसँगै क्रियाशील जिल्ला समितिको संख्या ६३ पुगेको छ ।