आर्थिक

एनएमबी बैंक र एनसीएचआरसी अस्पताल बीच सम्झौता

काठमाडौं । एनएमबि बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुका लागि नेपालको आधुनिक क्यान्सर अस्पताल एनसीएचआरसी (Nepal  Cancer Hospital and Research Center) सँग बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट प्रदान गर्ने बिशेष सम्झौता गरेको छ ।

सम्झौतामा एनएमबी बैंक का प्रमुख व्यावसायिक अधिकृत सुदेश उपाध्याय र एनसीएचआरसीका एकजिक्युटिभ चेयरम्यान डा. सुदिप श्रेष्ठले संयूक्त हस्ताक्षर गरेका थिए । यस अस्पतालमा अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट बिभिन्न खाले क्यान्सर रोगहरुको उपचार हुने गरेको छ ।

सम्झौता अनुसार एनएमबी भीजा डेबिड कार्ड तथा एनएमबी भीजा क्रेडिट कार्ड को प्रयोग गरि अस्पतालमा उपलब्ध क्यान्सर रोगको स्क्रिीनिङ प्याकेज, रेडियोलोजी, लेबोरेटरी र बेड चार्जमा मा १० % (दश प्रतिशत) र रेढिएसन थेरापी एण्ड व्याची थेरापीमा ७ % (सात प्रतिशत) सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा केही अत्तिरिक्त सुविधा दिने उद्देश्यले लामो समय देखि यस्ता बिभिन्न खाले सम्झौताहरु गर्ने गरेको बैंकले जनाएको छ । हाललाई यो सम्झौता एक वर्षका लागि गरिएको छ ।