बाग्मती

गुण्डागर्दी गर्दै हिड्ने सपन राती १२ बजे दरबारमार्गबाट प्रहरी नियन्त्रणमा

काठमाडौं । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा राजधानीबाट एकजना पक्राउ परेका छन् । राजधानीको दरबारमार्गस्थित किङ्ग लाउन्जबाट सपन मगर भन्ने बिमल लुङ्गेली मगर पक्राउ परेका हुन् ।

रामेछाप घर भएका २६ बर्षीय मगरलाई गएराती नियन्त्रणमा लिइएको छ ।

केही दिन देखि ठमेल, दरवारमार्ग क्षेत्रमा, केही होटल, डिस्को, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिडने र विभिन्न व्यक्तिसंग झै झगडा गरि अशान्ति सिर्जना गर्ने गरेको भन्ने स्थानिय नागरिकहरुको गोप्य सुचनाको आधारमा महानगरिय प्रहरी वृत्त दरवारमार्गवाट खटीएको विशेष टोली उनलाई पक्राउ गरेको छ ।

त्यस्ता अन्य व्यक्तिहरुको खोजतलाश भईरहेको छ । पक्राउ परेका मगरलाई सार्वजनिक मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको छ ।