आर्थिक

माछापुच्छ्रे बैंकका अब थप २ नयाँशाखा

काठमाण्डौ । माछापुच्छ्रे बैंकले २ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।  बैंकल आषाढ सोमबार र मंगलबार धनुषाको नागराइन नगरपालिकास्थित फुलगामामा शाखा कार्यालय र सप्तरीको अग्रिसाइर कृष्णसावरण गाउँपालिकास्थित माहुली शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ । उक्तशाखाहरुको उद्घाटन पूर्व सभासद तथा बैंकका पूर्वअध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले क्रमशः नागराइन नगरपालिकाका मेयर प्रमेश्वरयादव र अग्रिसाइर कृष्ण सावरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी सङ्ग संयुक्त रुपमा गररेका छन् ।
नयाँशाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।यसका साथै, धनुषाको धारापानीमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । उक्त एटिएमको उद्घाटन मध्यपूर्वीय पृतना, धारापानीका पृतनापती ईश्वर हमालले गरे । बैंकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुदमुनाफा गरेको जनाएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।