अन्तर्राष्ट्रिय

गुफामा फसेका बालक भेटिए, उद्वारकार्य सुरु

थाइल्याण्ड । थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेर हराइरहेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षक नौ दिनपछि सोमबार फेला परेका छ । उनीहरु पानीमा फसेर रहेको दृश्य यहाँका टेलिभिजनहरुले देखाएका थिए । उनीहरुलाई बाहिर निकाल्ने प्रयास जारी रहेको उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।

सो गुफा हेर्न पुगेका एक विद्यालयका १२ जना विद्यार्थी र उनीहरूका प्रशिक्षक गत नौ दिनदेखि हराइरहेका थिए । उनीहरुलाई फुटबल प्रशिक्षकले नै भ्रमणका लागि सो गुफामा लगेका थिए । गुफाभित्रै पानीले घेरिएको र एउटा सानो टापूजस्तो स्थानमा उनीहरु फेला परेका थिए । उनीहरुको उद्धारका लागि राष्ट्रिय सेनाको एक विशेष समूह लागिपरेको छ ।

ती बालक भेटिएको खबरले देशमा खुशियाली छाएको छ । ती बालकका आफन्तहरुले निकै खुशी भएको बताएका छन् । उद्धारकर्ताहरुले यो कार्य निकै कठिन भएको जनाएका छन् । तर सेनाको विशेष समूहले ती बालकलाई सकुशल उद्धारका लागि विशेष योजनाका साथ काम गरिरहेको बताइएको छ ।