मनोरञ्जन

‘पुरानो बुलेट’को यात्रा शुरु

काठमाडौं । चलचित्र ‘पुरानो बुलेट’को छायाँकन सुरु भएको छ । अभिनेता अनुपबिक्रम शाही र नायिकाद्धय बर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको चलचित्रको छायाङ्कन मंगलबारबाट सुरु भएको हो ।

भिषण राईले निर्देशन गरिरहेको चलचित्रको सुटिङ काठमाडौँ हुदैँ मोरङसम्म भईरहेको छ ।

चलचित्रमा अनुप, बर्षा र मालाको साथमा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राई लगायतका कलाकारहरुकोे पनि अभिनय रहेको छ ।

चलचित्रको निर्माण अशोक कुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले गर्दैछन् ।