विचित्र संसार

२७ बर्षदेखि पुरुष नभएको गाउँमा सबै महिला गर्भवती !

काठमाडौं । विश्वमा पतिपत्नीको सम्बन्धलाई सबैभन्दा पवित्र नाता मानिन्छ । त्यसमाथि नेपाल तथा भारतमा त सात जन्मसम्मको सम्बन्ध भएको विश्वास गरिन्छ । हाम्रो देशमा विवाहपूर्व गरिने शारीरिक सम्बन्धलाई समाजले हालसम्म स्वीकारेको छैन । विवाहपछि महिलाको जीवन खुसीले भरिपूर्ण हुन्छ अझ धेरै खुसी त उनी आमा भएको बेलामा हुन्छ ।

त्यसैले आमा बन्नका लागि महिला तथा पुरुषको शारीरिक सम्बन्ध अनिवार्य हुन्छ । किनकि यो प्राकृतिक नियम नै हो । अहिलेको वैज्ञानिक युगमा पुरुषविना महिला आमा बन्न सक्दिनन् । पुुरुषको शुक्राणु र महिलको रजको मिलनबाट नै बच्चाको जन्म हुन्छ ।

तर, विश्वमा यस्तो गाउँ भेटिएको छ जहाँ पुरुष विना नै महिला गर्भवति भइरहेका छन् । तपाईंलाई यो खबरले पक्कै पनि अचम्ममा पारेको होला । तपाईं मात्र होइन यो खबर सुन्ने सबै अचम्ममा परेका छन् ।

यो खबर हो, केन्याको । समबुरुको उमोजा भन्ने गाउँमा विगत २७ वर्षदेखि कुनै पनि पुरुषले पाइला टेकेका छैनन् । तैपनि, यो गाउँका महिला लगातार गर्भवती भइरहेका छन् र आफ्नो परिवारको विकास गरिरहेका छन् । यस ठाउँलाई चारैतिरबाट काँडे तारले घेरेर राखिएको छ ।

केन्याको यो गाउँ विश्वको रहस्यमयी गाउँको रूपमा चिनिन्छ । त्यसैले यस गाउँमा पुरुष जानका लागि प्रतिबन्ध गरिएको छ । काठमाडौं डेली यो गाउँ सन् १९९० मा १५ जना महिला मिलेर बसाएका थिए । यी १५ महिला सन् १९९० मा ब्रिटिस सैनिकबाट बलात्कृत भएका थिए । त्यसैले उनीहरूले नै यो ठाउँमा पुरुष प्रतिबन्ध गराएका थिए । -एजेन्सी