पु.समाचार

मौसमबारे महाशाखाबाट आयो यस्तो खबर

काठमाडौं । एक सातादेखि सक्रिय मनसुन बुधबारदेखि कमजोर बन्दै जाने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिन भरी समेत देशभर बर्षाको सम्भावना रहेको हो । भोलिदेखि मौसममा क्रमिक सुधार आउने महाशाखा जनाएको छ ।

आज ओखलढुंगा, दोलखा, सोलुखुम्बु झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, इमाल, ताप्लेजुङ, धनकुटा,लगायतका जिल्लामा रहेका साना खोला तथा नदीको सतह बढ्ने जनाईएको छ । यी जिल्लाहरुमा सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले बुधबारदेखि देशका साना तथा ठूला खोला तथा नदीको पानीको सतह घट्ने जनाएको छ । केही दिनदेखिको अविरल बर्षासँगै आएको बाढीँ पहिरोले देशभरको जनजीवन प्रभावित बनेको छ ।