सुदूरपश्चिम

अविरल वर्षाका कारण अवरुद्ध राजमार्ग सञ्चालन

बाजुरा । अविरल वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ । आइतबारदेखि परेको वर्षापछि पहिरोले बाटो अवरुद्ध भएको थियो । ठाउँठाउँमा पहिरो गएका कारण करीब २७ किलोमिटर सडक अवरुद्ध बनेको थियो ।

पिएस कम्पनीले जेसिवी प्रयोग गरी पहिरो गएको ठाउँबाट माटो पन्छाएपछि सडक सञ्चालन भएको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । आज बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् । जिल्लाका ग्रामीण भेगका सडक भने सञ्चालनमा आउन सकेका छैनन् ।

ग्रामीण सडक सञ्चालन गर्न कसैको ध्यान नगएको स्थानीयवासीको गुनासो छ ।