लुम्बिनी

झोलुङ्गे पुल निर्माण

तुलसीपुर, दाङ । घोराही उपमहानगरपालिका वडा नं १३ र वडा नं १९ जोड्न सेवारखोलाको लापेमा झोलुङ्गे पुल निर्माण भएको छ । झण्डै रु २४ लाखको लागतमा सो पुल निर्माण भएको हो । सेवा प्रतिष्ठान नामक संस्थाले जिम्मा लिएर बनाएको उक्त पुल सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गरे ।

पुल निर्माण भएपछि वडा नं १३ का खानीगाउँ, कोलवन, मलार गाउँका १५० बढी घरधुरीका एक हजार ९५ जनालाई आवतजावतमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष तिलकबहादुर बुढाले जानकारी दिए ।

पुल नहुँदा त्यस भेगका बासिन्दालाई मुख्य सडकमा पुग्न धेरै हिँड्नुपर्ने र वर्षायाममा भेल आउँदा खोलापारि नै बास बस्नुपर्ने बाध्यता रहेको उनले बताए ।