गण्डकी प्रदेश

अदालतमै भेटियो बिजुली बिना चल्ने युरोगार्ड, युरोगार्डको पानी पनि उमालेर खान्छन् कर्मचारी, सेवाग्राहीलाई धमिलो लेउ लागेको पानी (भिडियो)

काठमाडौं । न्यायको मन्दिर भनेर चिनिने अदालत, आफैले अन्याय गरिरेको छ भन्दा तपाईलाई पत्यार नलाग्ला । हो, कास्की जिल्ला अदालतले सेवाग्राहीलाई खानेपानीको समेत व्यवस्था गर्न सकेको छैन । कर्मचारीहरु गाडीका गाडी खानेपानीको जार मगाएर हरेक कोठामा राख्छन् बिचरा सेवाग्राहीहरु क्यान्टिनमा पानी किनेर खाने गर्छन् ।

कास्की जिल्ला अदालत यस्तो सरकारी कार्यालय हो जहाँ धेरैजसो कोठामा खानेपानीको जार देखिन्छन् । एउटा कार्यालयको हरेक कोठामा खानेपानीको जार किन आवश्यक छ रु यो प्रश्न उठ्नु स्वभाविक हो । दैनिक जार बोकेको गाडी अदालतमा छिर्छ र दिनको ४–५ जार झारेर फर्किन्छ ।

यत्तिका पानी खपत हुने ठाउँमा सेवाग्राहीको लागी खानेपानी कहि कतै राखिएको छैन । पानी कहाँबाट आउँछ, कहिले देखी पानी थिएन यसको बारेमा धेरै कर्मचारीलाई थाहा छैन । कर्मचारीले खानेपानी कहाँबाट खान्छन् भनेर चलानी शाखामा सोध्दा पानी किनेर खाएको जवाफ मिल्यो ।

दिनहुँ न्याय खोज्न आउने सेवाग्राहीले त्यहाको क्यान्टिनमा पानी किनेर खान पर्ने बाध्यता छ । अदालतमा आउने सेवाग्राहीले प्रयोग गर्ने खानेपानीको बारेमा सोध्दा त्यहाका कर्मचारीहरु केहीले क्यान्टिनको युरोगार्ड देखाए, कतिले किनेर खाने कुरा गरे तर एक महिलाले अदालतकै युरोगार्ड रहेको र त्यही युरोगार्डबाट सेवाग्राहीले पानी खान सक्ने बताईन् । एकजना कर्मचारीले हामीलाई युरोगार्ड भएतिर लिएर गए । युरोगार्ड भएको ठाउँमा पुग्न अदालतकै २ कोठा पार गर्न पर्छ । काम हुँदै गरेका कोठाको बीचबाट सेवाग्राही कसरी पानी खान जान सक्छन् ? २ कोठा पार गरेपछि सेवाग्राहीले पानी खाने ठाउँमा पुगिन्छ ।

त्यहा एउटा १००० लिटरको कालो फोहोर ड्रम छ । माथी त्यस्तै फोहोर र लेउ जमेको युरोगार्ड छ । कर्मचारी भन्दै थिए यही हो सेवाग्राहीले पानी खाने ठाउँ । पानी चाहियो भने यही आएर खान सक्छन् । कर्मचारी भन्दै थिए‘यो पानी पनि उमालेर खाने गरेका छौं’ ।

युरोगार्डमा जोड्न पर्ने बिजुली जोडिएको छैन । जोड्न पर्ने तार लुकाएर राखिएको रहेछ । हेर्दा पनि पुरानो र पाईपहरुमा लेउ लागेको र त्यो कालो ड्रम जहाँ पानी जम्मा हुन्छ र सेवाग्राहीले खान्छन् त्यो पानी धमिलो थियो । युरोगार्डले पानी फिल्टर गरेको भए पो सफा हुने, बिजुली बिनाको युरोगार्डले फालेको धमिलो पानी नै सेवाग्राहीको लागी अदालतले छुट्याएको छ । यसबारे कास्की जिल्ला अदालतका श्रेस्तदार जगन्नाथ पौडेलले भुलबस यस्तो भएको बताउँदै एक हप्ताभित्र सेवाग्राहीलाई शुद्ध सफा खानेपानीको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

https://youtu.be/XyzjiYH0vgQ