शिक्षा

त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक साउन ५ मा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आउँदो साउन ५ गते बस्ने भएको छ । गत वैशाख २३ गते तोकिएको सिनेटको कार्यसूचीमा चित्त नबुझेपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा बैठक स्थगित भएको थियो । सिनेट नबस्दा आंशिक प्राध्यापकको स्थायी प्रक्रिया, दरबन्दी मिलान, वार्षिक कार्यक्रम, सार्वजनिक खरिद ऐन अनुकूल त्रिविको नियमावली संशोधनलगायत विषय टुंगो लाग्न सकेको छैन ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले त्रिवि दिवसको सन्दर्भमा झण्डोत्तोलनसहित वार्षिक ग्रेसलिष्ट स्वीकृतिका लागि सिनेट बस्न लागेको जानकारी दिए ।