सामाजिक सञ्जाल

दुहवी उद्योग वाणिज्य संघको नयाँ कार्य समिति विवादित बन्दै…. 

ईटहरी । भर्खरै शनिवार मात्र नयाँ कार्य समिति चयन गरिएको दुहवी उद्योग वाणिज्य संघ विधान विपरित अवैधानिक तरिकाले एकपक्षीय रुपमा भएको भन्दै दुहवीका व्यापारीहरुले विरोध जनाएका छन । दुहवी उद्योग वाणिज्य संघको प्रथम साधारण सभा शनिबार उद्घाटन भएपछि नयाँ कार्य समितिकोलागि गणपूरक (कोरम) संख्या नपुगेपछि केहिवेर विवाद भएको थियो । शनिवार एकपक्षको मात्र उपस्थितिमा गणपूरक (कोरम) संख्या नपुगेपछि नयाँ कार्य समिति चयन गर्न न सकिने भन्दै विवाद भएको थियो । यसअघिपनि दुहवी उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाइ पत्र काटेर साधारणसभामा उपस्थित हुँन भनेपनि गणपूरक (कोरम)  संख्या न पुगेको दुहवी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उमेश गोश्वामीले जनाएका छन । यसरि वारम्वार गणपूरक (कोरम) संख्या न पुगेपछि साधारणसभामा उपस्थित भएका सदस्यहरु र पुरानो समितिको सदस्यहरुबाट सहमतिय प्रणालीको आधारमा निर्वाचन प्रकृयाबाट निर्विरोध नयाँ कार्य समिति चयन गरिएको दुहवी उद्योग वाणिज्य संघका निर्वाचन उपसमितिका निर्वाचन अधिकृत हंसराज मालुले बताए ।

दुहवी उद्योग वाणिज्य संघमा करिव ६०० सदस्य संख्या भएपनि २१९ जनाको मात्र नविकरण भएकोले संघको विधान अनुसारपनि १५२ जना उपस्थिीति हुँनुपर्ने हुन्छ । शनिवार दुहवी उद्योग वाणिज्य संघको साधारण सभामा च्यानेल र प्यानेल मिलाएर केही सदस्यहरुले दम्भ प्रदर्शन गरेर एकपक्षीय रुपमा दुहवी उद्योग वाणिज्य संघका अध्यक्ष उमेश गोश्वामीको अध्यक्षतामा २७ जनामात्र सदस्यहरुले वन्द सत्र गरेको व्यापारीहरुले दाबी गरेका छन । एकपक्षीय उपस्थितिमा भएको वन्द सत्र अवैधानिक र अलोकतान्त्रिक पद्धती भएको यस प्रकारका गतिविधिले संघको गरिमामाथि आँच आउने भन्दै व्यापारीहरुले आपत्ती जनाएका छन ।

एकपक्षीय रुपमा भएको वन्द सत्रले गरेको गैरप्रजातान्त्रिक निर्णयप्रति संघका अन्य व्यापारी सदस्यहरुको कुनै संलग्नता नरहेको भन्दै बन्द सत्रको वैधानिकता नै नरहेको दावी गरेका छन । पदाधिकारीहरुले निर्वाचन नगराई निर्वाचनवाट भाग्न खोजेको भन्दै ती व्यापारीहरुले असार १६ गते शनिवार दुहवी उद्योग वाणिज्य संघको कालो दिन भनेर १ नम्वर प्रदेशका ८ ओटा सरोकारवाला निकायमा जानकारी गराएका छन । जानकारी पत्रमा दुहवी उद्योग वाणिज्य संघले एकपक्षीय ढंगले दुहवीका व्यापारीहरुलाइ सूचना विना शनिबार गरिएको साधारण सभालाइ विरोध जनाउँदै अमान्य रहेको उल्लेख छ । साथै सो कार्य समितिलाइ विगठन गरि चुनावी प्रकृयामा गइ जनमतको कदर गर्नुपर्ने र भर्खरै गठन भएको नयाँ कार्य समितिलाइ कानूनी कारवाही गर्न उद्योग वाणिज्य संघ सुनसरी लगायतमा पत्राचार गरिएको उल्लेख छ । शनिवार दुहवी उद्योग वाणिज्य संघले १० सदस्य नयाँ कार्य समिति चयन गरेको थियो ।

२०५२ सालदेखि सुनसरी उद्योग वाणिज्य संघ धरानको मातहतमा शाखाको रुपमा उद्योग वाणिज्य संघ शाखा दुहवीको नाममा स्थापना भएको हो । २०६९ साल फागुन १६ गतेदेखि २९ गते सम्म पूर्वाञ्चल व्यापार महोत्सव समेत गराएको थियो जसमा दुहवी उद्योग वाणिज्य संघललाइ राम्रो फाइदा भएको स्थानियहरु बताउँछन । २०७४ असार मसान्त सम्म नगद तथा बैंक मौज्दात गरेर रु ५ लाख ५२ हजार दुहवी उद्योग वाणिज्य संघमा रहेको वार्षिक प्रतिवेदनमा बताइएको छ ।

पछिल्लो समयमा दुहवी उद्योग वाणिज्य संघले बजार अनुगमन प्रभावकारी ढंगबाट न गरेको, श्रामिकहरुको हकहितकालागि हप्तामा १ दिन दुहवी बजार बन्द गराउँन न सकेको र झोलामा चल्दै आएको आरोप खेप्दै आएको छ । दुहवी उद्योग वाणिज्य संघ २०७३ सालमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता गरिएको थियो । तर हाल सम्म नवकिरण समेत भएको छैन नत प्यान नम्वरनै लिइएको छ । साथै नेपाल उद्योग वाणिज्य महासंघमा समेत दर्ता भएको छैन । छिमेकि खनार, इटहरी, झुम्का महासंघमा दर्ता भएको तर दुहवी उद्योग वाणिज्य संघका पदाधिकारीहरुले मनोमानी ढंगबाट संचालन गरी लापरवाहि गरेको स्थानिय व्यापारीहरु बताउँछन् ।