समाचार

राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

पत्नी सीता दाहालको उपचारपछि आइतबार मात्रै अध्यक्ष दाहाल सिंगापुरबाट स्वदेश फर्केका थिए ।