आर्थिक

एनआइसीले बैंकिङ्ग समय परिवर्तन गर्दै

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ्ग समय परिवर्तन गरेको छ । बैकिङ्ग कृयाकलापहरु थप ग्राहकमुखी बनाउने क्रमलाई अझैं प्रभावकारी बनाउने उद्देश्यले कार्यालय समय बढाएको हो ।

मंगलबारदेखि लागु हुने गरी बैंकले विभिन्न २० वटा शाखामा सेवा प्रवाहको समय बढाएको छ । २० शाखाहरुमा आईतवार देखि विहिवार सम्मबिहान ९ बजे देखि साँझ ७ बजेसम्म र शुक्रबार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म बैकिङ्ग कारोबार गर्न सकिने एनआइसीले जनाएको छ ।

बैंक मुलुकभर २२४ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १७५अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ५० अर्ब पुगि निजीक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १ सय १९अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।