राजनीति

गिरिजाप्रसादको जन्मजयन्तीमा देउवामाथि सिटौँलाको आक्रोशः सभापतीले कसैलाइ काखा कसैलाइ पाखा गरे

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सभापती शेर बहादुर देउवालाइ पार्टी नेता कार्यकर्तालाई फरकफरक व्यवहार गरेको बताएका छन् । गिरिजा प्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा बोल्दैँ नेता सिटौलाले देउवामाथि आक्रोश पोखेका हुन् ।

गिरिजाप्रसाद कोईरालाले देशलाई एकताबद्ध गरेको तर वर्तमान सभापती देउवाले पार्टीलाई समेत एकताबद्ध गर्न नसकेको उनको भनाइ थियो । देउवाले कसैलाई काखा र कसैलाई पाखाको व्यवहा गरेको भन्दै सबैलाई समान व्यवहार गर्न नेता सिटौँलाले आग्रह गरेका छन् ।

गिरिजाबाबुको पालामा एकबद्ध भएको कांग्रेस अहिले तितरवितर भएको उनले बताए । अब नेपाली कांग्रेसले जनता र देशको समृद्धिका लागि एकताको सूत्रमा बाधिनुको कुनै विकल्प नभएको नेता सिटौलाले बताए । कार्यक्रममा उनले गिरिजा प्रसाद कोईरालाले नेपाललाई दिएको योगदानको चर्चा गरेको थिए ।