खेलकुद

आर्मी सेमिफाइनलमा

काठमाडौँ । ललित स्मृति अठार वर्षमुनि (यु–१८)को राष्ट्रिय फुटबल प्रतियोयगिताअन्र्गत आज भएको पहिलो क्वाटरफाइल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश ग¥यो । हिमालयन शेर्पाका छिरिङ शेर्पाले आर्मीको लागि आत्मघाती गोल गरेका थिए ।

त्यस्तै आर्मीका लागि विवेक चौधरी र सुसन लामाले गोल गरेका थिए ।

आर्मीले सेमिफाइलनमा अब मोरङ फुटबल क्बलसँग प्रतिस्पर्धा गर्नेछ । मोरङले क्वाटरफाइलनमा च्यासल फुटबल क्लबलाई पराजित गरेको थियो । आर्मी समूह ‘ए’को विजेताको रुपमा अन्तिम आठमा पुगेको थियो भने हिमालयन समूह ‘डि’ बाट उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो । आर्मी समूह चरणदेखि नै अपराजित टोली हो ।