आर्थिक

आज पनि घट्यो शेयर बजार

काठमाडौँ । निरन्तर घट्दै आएको शेयर बजार आज पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार शेयर मापक परिसूचक नेप्से आज ४।८२ बिन्दुले घटेर एक हजार १७९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।४३ बिन्दुले ओरालो लागेको छ ।

आज कूल १५९ कम्पनीको छ लाख ७२ हजार १०३ कित्ता शेयर रु २० करोड ४५ लाख ७२ हजार ६६२ मूल्यमा कारोबार भएको छ ।

स्टकका अनुसार दुई उपसमूहको शेयर भने बढेको छ । होटल २।२३ र विकास बैंक उपसमूह ३।७५ बिन्दुले बढेको हो । बैंकिङ ५।३४, जलविद्युत् १३।५९, फाइनान्स ३।०४, बीमा २१।४४, उत्पादन ०।१३, अन्य १।२१ र माइक्रोफाइनान्स ५।२४ बिन्दुले घटेको छ ।