गण्डकी प्रदेश

वर्षापछि उडान अवरुद्ध

पोखरा । बिहानैदेखि परेको पानीका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् । पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए।

आइतबार पोखराबाट काठमाडौँका लागि छवटा मात्र उडान भएको थियो । दैनिक पोखराबाट जोमसोमका लागि सातदेखि आठवटा, काठमाडौँका लागि २२ वटा र भरतपुर र भैरहवाका लागि एक÷एकवटा उडान हुने गरेको छ । उडान अवरुद्ध हुँदा पोखरामा दैनिक आठ सयदेखि एक हजारसम्म यात्रु समस्यामा पर्ने गरेका छन् ।