मनोरञ्जन

दीपक परियारको “धारिलो मायाँको छुरा” बजारमा (भिडियो)

काठमाडौं । राईनासका दीपक परियारको आवाज रहेको धारिलो मायाँको छुरा बोलको गित बजारमा आएको छ । सुमधुर स्वरका धनि परियार नेपाली सांगेतिक क्षेत्रका लागि एक अब्बल खम्बा बन्न सक्ने सर्जक पनि हुन् । त्यसको ज्वलन्त उदाहरण धारिलो मायाँको छुरा हो ।

जसमा परियारको आफ्नै शब्द तथा संगीत पनि रहेको छ । बिशेष गरी पुर्वि लमजुङमा आयोजना हुने गरेका स्टेज कार्यक्रममा नछुट्ने गरेका उनी स्टेजका लागि आवश्यक कलाकार पनि हुन् । राजधानी भन्दा बाहिर लमजुड। राईनास आफ्नो जन्मथलोमै कर्म गरिरहेका उनी नेपाली सांगेतिक क्षेत्रमा पनि निरन्तर अघि बढीरहेका छन् ।

सार्वजानिक गितमा बिपिन आचार्यको ऐरेन्ज रहेको छ भने गितलाई एमबि रेकर्डि स्टुडियोमा रेकर्ड गराईएको हो । यो गित सार्वजानिक संगै नेपाली सांगेतिक दुनियामा दिपकको उचाई थपिने अनुमान लगाउन सकिन्छ ।