गण्डकी प्रदेश

प्रदेश नं. ४ को स्थायी राजधानी तोकियो

काठमाडौं । प्रदेश नं. ४ को स्थायी राजधानी तोकिएको छ । सोमबारको प्रदेशसभा बैठकले ४ नम्बरको स्थायी राजधानी पोखरा तोकेको हो । स्थायी राजधानी सम्बन्धि प्रस्तावलाइ प्रदेशसभाले बहुमतले पारीत गरेको छ ।

यसअघि केन्द्र सरकारले पनि अस्थायी राजधानीको रुपमा पोखरालाइ नै तोकेको थियो । प्रदेशको स्थायी राजधानी तोकिएपनि नामाकरण गर्न भने बाँकी रहेको छ ।