प्रवास

ऋण काढेर कुवेत उडेकी लिलाको अढाई महिनादेखि अत्तोपत्तो छैन् !

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा जापान पुगेकी एक महिला बेपत्ता भएकी छन् । पारीवारिक स्रोतका अनुसार उनको दुईमहिना देखि अत्तोपत्तो नलागेको हो । घरेलु कामदारका लागि भारतको राजधानी नयाँदिल्ली हुदैँ यहाँ पुगेकी २५ बर्षीया लाली बिक सम्पर्कबिहिन भएकी छन् । उनले काम गर्दै आएको घरबाट छाडेर अन्यत्र गएको घरमालिकले बताएको छ ।

त्यसयता अर्थात अढाइ महिना यता उनी आफन्तजनसँग सम्पर्क बिहिन बनेकी गुल्मीकी उनकी दिदी शान्तीले बताईन् । उनले भनिन्–‘त्यस अघि वहिनीले टेलिफोन सम्र्पक गरी राख्ने गरेको तर अहिले उनको फोन स्विचअफ भएपछि कुनै अप्रिय घटनाको भयले परिवारजन चिन्तित रहेकोले खोजीका लागि सञ्चार माध्यमको साहरा लिएका हौं ।’

बेपत्ता लालीलाई सकुन्तला नाम गरेकी महिलाले कुवेत पठाएकी थिइन् । चरम गरिबीबाट आजित भएर ऋण काढेर उनी कुवेत उडेकी थिईन् । लीलाका एक श्रीमान र चारवटा छोरीहरु छन् । उनले काढेको ऋण अहिलेसम्म तिर्न पैँसासमेत पठाएकी छैनन् ।

यसैबीच, बेपत्ता लीलाको खोजतलासका लागि श्रम मन्त्रालयको ध्यानाकर्षण गराईएको छ । मन्त्रालयको ध्यानाकर्षण भएलगत्तै श्रम मन्त्री गोकर्ण बिष्टले बेपत्ता लिलाको खोजी तथा उद्धारका लागि पहल गर्न निर्देशन दिईसकेका छन् ।

मन्त्तालयमा गोकर्ण बिष्ट आएदेखि सुधारका संकेतहरु देखिएका छन् ।