राजनीति

धिक्कार छ, तिमीहरुलाई ! तिमीहरु कम्युनिष्टको नाममा कलंक हौः रविन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सरकारप्रति रोस प्रकट गरेका छन् । उनले सरकारलाई न्यायको भिख माग्ने गंगामाया र दुरदराजको स्वास्थ्य सेवाका लागि निःस्वार्थ लड्ने गोविन्द केसीको स्वास्थ्यको बेवास्ता गरेको आरोप लगाएका हुन् ।

उनले कम्युनिष्ट सरकारप्रति कम्युनिष्टको नाममा कलंक भनि ट्वीटमार्फत आक्रोश पोखेका छन् । संयोजक मिश्रले कम्युनिष्टमाथि खनिदैँ ट्वीटमा लेखेका छन्, ‘नेता र नेताका पत्नी बिमारी भए दिल्ली र सिङ्गापुरमा उपचार । न्यायको भिख माग्ने गंगामाया अनि दुरदराजका विपन्न जनताको स्वास्थ्य सेवाका लागि निःस्वार्थ लड्ने डा. गोविन्द केसीलाई चाहिँ तिमीहरु मार्न चाहान्छौँ । धिक्कार छ, तिमीहरुलाई । तिमीहरु कम्युनिष्टको नाममा कलंक हौ ।’ बिबिसी नेपाली सेवाका पूर्व प्रमुख समेत रहेका मिश्रले सामाजिक सञ्जालमा सरकारका नराम्रा कामको खबरदारी र राम्रो कामको प्रशंसा गर्दै आएका छन् ।

गंगामाया तामाङ विरअस्पतालको बेडमा छोराको हत्यारा पत्ता लगाउन केही बर्षदेखि अनसनमा रहेकी छन् । यता डा. गोविन्द केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नती र सरकारले पास गर्न लागेको चिकित्सा शिक्षा बिधेयक फिर्ता लिन माग गर्न शनिबारबाट जुम्लामा अनसन बसेका छन् । डा. केसी स्वास्थ्य क्षेत्रमा विभिन्न माग गर्दै पटकपक अनसन बस्दैँ आएका छन् ।

सरकारी निर्णयको अवज्ञा गरेको भन्दै विवेकशील साझाँ पार्टीका संयोजक मध्येका एक उज्जवल थापासहित ९ जनालाई शनिबार पक्राउ गरिएको थियो । उनीहरु पक्राउ परेपछि पनि अर्का संयोजक रविन्द्र मिश्रले सरकारको सामाजिक सञ्जालमार्फत कडा शब्दमा आलोचना गरेका थिए ।