समाचार

अविरल बर्षाले देशभरको जनजीवन उथलपुथल, विभागले निकाल्यो यस्तो सूचना

काठमाडौं । सोमबारको अविरल बर्षासँगै देशका पहाडी क्षेत्रमा बाढी, पहिरोको जोखिम बढेको छ भने तराईका धेरै भूभाग डुबानमा परेका छन् । देशभरका साना तथा ठूला खोला, नदी तथा नालामा पानीको सतह ह्वात्तै बढेको छ ।

निरन्तरको बर्षाले राजधानी काठमाडौँसहित देशभरको जनजीवन प्रभावित बनेको छ । बर्षाका कारण जनताको दैनिकी निकै प्रभावित बनेको छ । बर्षाका कारण सर्वसाधारण देखि उच्च ओहोदाका व्यक्ती समेत गन्तव्यमा पुग्न सकेका छैनन् ।

यसैबीच, बर्षादको समयमा बाढीको प्रबल सम्भावना रहने हुदाँ जल तथा मौसम विज्ञान विभागले त्यसबाट सचेत रहन आग्रह गर्दै पूर्वसूचना समेत जारी गरेको छ ।

तपाईंको नजिकैको खोलामा पनि बाढी आउँदै छ कि ? यसरी थाहा पाउनुहोस

१) ११५५ टोल फ्री नम्बरमा असार, साउन, भाद्र र असोज महिनाभरी फोन गर्नुहोस् र सोध्नुहोस् । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन

२) तपाईं बाढी वा पहिरोको जोखिमयुक्त स्थानमा वा नजिकै हुनुहुन्छ भने मोवाइलमा ११५५ नम्बरबाट ‘सतर्करहनुहोस्’ भन्ने अभिप्रायको एसएमएस पनि आउन सक्छ । यसरी प्राप्त सूचना वरपरका सबैलाई जानकारी पनि गराउनुहोला ।

३) तपाईं मोवाइल, ल्यापटप वा कम्प्यूटरमा इन्टरनेट सेवा प्रयोग गर्ने गर्नुहुन्छ भने www.hydrology.gov.np भित्र गएर हेर्नुहोस् । त्यहाँ आगामी २४ घण्टासम्मको बाढी भविष्यवाणी अपडेट भइराखेको हुन्छ । कुन नदीमा कती बहाब छ, कहाँ कती पानी परिराखेको छ भन्ने जान्न River Watch र Rainfall Watch हेर्नुस् ।

४) बाढी सूर्व सूचना वा धेरै वर्षा भएको स्थानमा पहिरोका जोखिमको पूर्वसूचना पाउन नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा फोनसमेत गर्न सक्नुहुन्छ ।

५) वर्षातको समयमा निरन्तर समाचार सुन्ने बानी पनि बसाल्नुसोस् ।