राजनीति

काँग्रेसको त्यो बलियो खम्बा, जो जतिसुकै ठूलो दबाबमा पनि बिचलित हुंदैनथ्यो

बाबुराम आचार्य/काठमाडौं । आज अर्थात असार १८ गते नेपाली कांग्रेसका तत्कालिन समाभपती एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९५ औँ जन्मजयन्ती परेको छ ।

नेपाली राजनीतिका शीर्ष व्यक्तीत्व एवम् अतुलनीय भूमिका खेलेका कोइरालाको जन्मजयन्ती नेपाली कांग्रेसले देशैभरी बिशेष रुपमा मनाईउदैछ । जनआन्दोलन ०४६/४७ पछि चार पटकसम्म देशको प्रधानमन्त्री र एकपटक कार्यकारी राष्ट्र प्रमुख  (राजा निलम्बनमा परेको बेला राष्ट्रपतिको रुपमा) को जिम्मेवारी सम्हालेका स्व कोईराला नेपाली राजनीतिको ईतिहासमा महत्वपूर्ण बयक्तीतव मानिन्छन् । उनी १९९१ देखि १९९४, १९९८ देखि १९९९, २००० देखि २००१, र २००६ देखि २००८ सम्म नेपालको प्रधानमन्त्री बनेका थिए ।

प्रदेश नमबर १ को राजधानी समेत रहेको आफ्नो गृहनगर बिराटनगरको जुट मिलबाट श्रमिक नेताको रूपमा कोइरालाको उदय भएको थियो । उनले ७० बर्षभन्दा लामो जीवन राजनीतिक सुधार र लोकतन्त्रको स्थापनाका लागी समर्पण गरेका थिए । एउटा निर्भिक र दृढनिश्वयी राजनेताको रुपमा उनले नेपाली राजनीतिमा अविस्मरणीय योगदान गरेका छन् ।

बीपी कोईरालाका भाई नाता पर्ने स्व कोईराला स्वच्छ छबि भएका नेता भएपनि ०५१ सालमा काँग्रेसको अत्याधीक बहुमतको सरकारलाई गिराएर मध्यावधी घोषणा गरेपछि केही समय मीडियाको मसलाका रुपमा आलोचनाका सिकार समेत भए । पछि ०५२ साल फागुण १ गतेबाट शसस्त्र जनयुद्धमा लागेको माओबादीलाई शान्तीपूर्ण राजनीतिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेपछि उनको बिश्व राजनीतिक ईतिहासमा समेत नाम लेखिन थालेको हो ।
स्व. कोईराला भारत भ्रमणमा जाँदा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह दिल्लीस्थीत बिमानस्थलमा स्वागत गर्न आएपछि उनको राजनीतिक उचाई झन माथी पुगेको देखिन्छ ।

गणतन्त्र स्थापनापछि राजा निलम्बन र त्यसपछि बन्ने पहिलो राष्ट्रपतिमा स्व. कोईरालाले आफू बन्ने ईच्छा ब्यक्त गरेपनि पछिल्लो समयमा तत्कालीन माओबादी अध्यक्ष पुष्पकमल दहाल, डा. बाबुराम भट्टराईले अस्विकार गरेपछि उनले काँग्रेसकै ईमान्दार नेता डा. रामबरण यादबलाई राष्ट्रपति बनाए ।
बाँचुन्जेल पदमा बसिरहन पन पराउने नेताका रुपमा चिनिने कोईराला शाहसी र बोल्ड निर्णय गर्ने नेता भएकाले शान्ती प्रकृया नसकिएको भन्दै उच्च स्तरीय संयन्त्र बनाएर राष्ट्रपति भन्दा पनि माथीको राजनीतिक उचाईका प्रमुख बन्न सफल भए ।

उक्त उच्च स्तरीय रमाजनीतिक संयन्त्रमा  स्व. कोईराला स्थायी संयोजक थिए भने माओबादी अध्यक्ष दहाल, एमाले महासचिब माधब नेपाल लगायत तत्कालीन ७ दलका प्रमुखहरु त्यसका सदस्य थिए । निर्णय गरेपछि कसैको पनि दबाबमा निर्णय परिवर्तन नगर्ने स्वभाब भएका स्व पूर्ब सभापति कोईरालाले राजा ज्ञानेन्द्रलाई पटक-पटक संसद पुनस्थापना गर्न आग्रह गरे । पछि उनले गरेको माग पुरा गराएरै छाडे । आखिरिमा राजतन्त्र पनि स्व कोईरालाकै नेतृत्वमा ईतिहास बन्न पुग्यो । राजनीतिक बिश्लेशकहरु भन्ने गर्छन् पहिलो निर्बाचित राष्ट्रपति हुने लोभमा कोईरालाले राजतन्त्र समाप्त पारे । हुन पनि सक्छ उनले राजतन्त्र समाप्त भएपछि समेत कहिलेकाँही ‘बेबी किगं’को कुरा पछिसम्म गर्ने गरेका थिए ।

स्व कोईरालापछि कोईराला परिवारकै सदस्य शुशील कोईराला पार्टी सभापति बने, त्यस्तै १३ औं महाधिवेशनपश्चात शेरबहादुर देउवा सभापतिमा आशिन छन् तर उनीहरुमा स्व. कोईरालाको जस्तो शाहसीक निर्णय गर्ने क्षमता थिएन भन्ने राजनीतिक बृतमा कुराहरु हुन्छ । स्व. कोईरालाकी पुत्रीलाई उनले उपप्रधानमन्त्री सम्म बनाए, उनी अहिले काँग्रेस केन्द्रीय सदस्य र साँसद समेत छिन् ।

कोईराला परिवारबाट डा. शेखर कोईराला प्रभाबशाली नेताका रुपमा देखिएका छन् भने बीपी कोईरालाका कान्छा छोरा समेत रहेका डा. शसांक कोईराला काँग्रेसका महामन्त्री समेत छन् । भान्जा महेश आचार्य समेत काँग्रेसमा सकृय केन्द्रीय सदस्य भएर समाजसेवामा समर्पीत देखिन्छन् । उनीहरु समै स्व कोईरालाको वरिपरिबाट राजनीतिक हाईट बनाउत सफल नेताका रुपमा नेपाली राजनीतिमा चिनिन्छन् ।

पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल स्व. कोईरालालाई सम्झिने नेपालीहरुमध्ये सबैभन्दा बढी नाम लिनेमा पर्दछन् । दहाललाई आतंककारी घोषण गरेर टाउकाको मोल समेत तोकिएको अवस्थामा स्व. कोईरालाको नेतृत्वमा उनीहरुलाई शान्ती प्रकृयामा ल्याएपछि स्व कोईरालाको ना अध्यक्ष दहालले जपेको अनुमान लगाउन सकिन्छ भने पछिललो राजनीतिक कालखण्डमा स्प कोईराला जस्ता बोल्ड नेताको आवश्यक्ता महशुस गरिएको छ ।