राजनीति

विप्लवका झन्डै चार दर्जन नेता कार्यकर्ता प्रहरी नियन्त्रणमा, ७ जनाको नाममा सार्वजनिक मुद्धा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लब नेतृत्वका झन्डैँ ४ दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । संदिग्ध गर्ने काममा संलग्न रहेको आरोपमा राजधानीका विभिन्न ठाउँबाट उनीहरुलाई प्रहरीलाई नियन्त्रणम लिईएको हो ।

पक्राउ परेका करिब ४० जनामध्ये ७ जना विरुद्ध सार्वजनिक मुद्धा चलाईएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । काठमाडौं प्रहरी परिसर प्रमुुख विश्वराज पोखरेलका अनुसार पक्राउ पर्नेहरुमा पार्टीका कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, पार्टी सदस्य एवं पूर्वमन्त्री पदम राई, समूहका पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, काठमाडौं सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राई विरुद्ध मुद्दा चलाइएको छ ।

शान्ती सुरक्षा तथा अमनचयन गर्न नेपाल प्रहरी कटिबद्ध रहेको बताउदैँ प्रमुखले भने, ‘जनतामा भय र त्रास सिर्जना गर्ने गतिविधिमा आइन्दा संलग्न हुने वाचापछि अन्यलाई छाडिएको हो’ ।

सरकारले पछिल्लो समय देशैभर हुने अपराधिक गतिविधीमा सुरक्षा व्यवस्था कडाइ गरेको छ ।