खेलकुद

छैँटौँ पटक विश्वकप उचाल्ने दाउमा रहेको ब्राजिल मैदानमा, आजका दुइटै खेल रोमाञ्चक

एच आर जोशी/काठमाडौं । २१ औँ संस्करण अन्तर्गत रसियामा जारी विश्वकप प्रतियोगिता अन्तर्गत नकआउट चरणका खेल हरु चलिरहेका छन् । नकआउट चरणअन्तर्गत सोमबार बहुप्रतिक्षित खेल हुदैँछन् । आज राती हुने पहिलो खेलमा ५ पटकको विश्वविजेता टोली ब्राजिल र विश्वकपको सुरुवात देखि नै राम्रो प्रदर्शन गर्दै आएको मेक्सिको आमनेसामने हुनेछन् ।

नेपाली समयअनुसार आज राती पौने ८ बजे सुुरु हुने यी दुइ टोलीबीचको खेललाई बिशेष रुपमा हेरिएको छ । यो खेल जित्ने टोली क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजय व्यहोर्ने टिमले विश्वकपबाटै बाहिरिनु पर्नेछ ।

ब्राजिल समूह ई को विजेता हो भने मेक्सिको समूह एफ को उपविजेता हो । उपाधी दाबेदार ब्राजिल मेक्सिकोलाइ हराउदैँ छैटो पटक उपाधी जित्ने दाउमा रहेको छ भने मेक्सिको अघिल्लो चरणका संघर्षरत हुनेछ ।

उसो त ब्राजिलको टिमलाइ सेट टिम अर्थात सम्मिश्रण मिलेको टोलीको रुपमा लिइने गरिन्छ । ब्राजिलियन टिम फिलिप लुईस, थिएगो सिल्भा, मार्सेलो, ईडसन,काउटिन्हो र नेयमार जस्ता विश्वचर्चित खेलाडीले भरिभराउ टोली हो ।

मेक्सिकोको सामु ब्राजिल चुनौतीको रुपमा खडा भएको छ । यस अघि यी दुई टोलीबीच सन् २०१४को विश्वकपमा भेट भएको थियो जहाँ दुवै टोलीले बराबरी खेलेका थिए । यस्तै आज हुने दोस्रो नकआउट चरणको खेलमा एसियाली राष्ट्र जापान र बेल्जियम भिड्दैँछन् । राती पौने १२ बजे रसियाको एरिना रङ्गशालामा हुने खेलमा जापान एसियाको प्रतिनिधित्व गर्ने एक मात्रै टोली हो ।

विश्वकपको सुरुवात देखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको बेल्जियम यसपटक उपाधी उचाल्ने दाउमा रहेको छ । बेल्जियमका खेलाडीहरुले विश्वविजेता ईङ्ग्ल्यान्ड जस्तो टोलीलाई हराएर आफूलाइ सावित गरिसकेका छन् । बेल्जियम र जापान बीचको खेलपनि हेर्नलायक हुनेछ ।