मनोरञ्जन

मन बिनाको धन ठुलो” बोलको गितले व्यापक चर्चापछि…

काठमाण्डौ । सङ्गीत लाइनै पेशा बनाएर निरन्तर दिई रहने व्यक्तिहरुको नाम लिनु पर्दा एउटा भाग्यमानी नाम हो टंक बुढाथोकी । काम गर्न थालेको छोटो समयमै नाम दाम हासिल गरेका टंकका प्राय सबै गीत हिट छ्न् ।

चलचित्र जन्जिर “किन गाह्रो गाह्रो हुन्छ, हिम्मवाली काली तिम्रो नजरैले,हवलदार सुन्तली घण्टी बज्यो, आबेग सोल्टी ले हासेको, टिचर मोबाईलको क्यामरा लगायत दर्जनौ चलचित्रमा गीत गाएर सङ्गीत गरेर आफुलाइ दर्सक सामु परिचीत गराउन सफल टंकको पछिल्लो समय रिलिज भएको “मन बिनाको धन ठुलो” बोलको गितले व्यापक चर्चा पाइरहेको छ ।

मलेसिया र दुवैको कार्यक्रम सकेर बाल गायक अशोक दर्जी र टंक बुढाथोकी आए लगतै आज फेरी पोखरा कार्यक्रमका लागि गएका छन् ।

जहाँ टंक बुढाथोकी र अशोक दर्जीका लागि अत्यन्तै राम्रो तरिकाले र्याली सहित स्वागत गरियो । टंक बुढाथोकी र अशोक दर्जीको प्रस्तुति हेर्नका लागि पोखराबासीहरुको भिड लागेको आयोजकको दाबी छ ।