मनोरञ्जन

गायक उत्तम विक्रम विष्टको “भोला भरी”

काठमाण्डौ । युवा पुस्तामा निकै रुचाइएका गायक उत्तम विक्रम विष्टको लाखौँ नेपाली युवा युवतिको भोगाईमा आधारित बाध्यतालाई समेटिएको गीतको “भोला भरी” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार उवि उवि को शब्द रचना मा रहेको गीतमा उत्तम विक्रम विष्टको सुमधुर संगीत रहेको छ भने गीतमा कृष्ण पुनको संगीत संयोजन छ ।

बविता श्रेष्ठद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल सोभा भण्डारी , अमन श्रेष्ठ र साथीहरुको उत्कृष्ट अभिनय रहेको छ । भिडियोलाई मुकेश हुमागाईँले छायाँकन गरेका हुन भने अविनास डिसीले सम्पादन गरेका हुन् ।