समाचार

विदेश पठाएर अलपत्र पार्ने सिवाकोटी र भट्टराई प्रहरी फन्दामा

काठमाडौं । टर्की लगायत देश पठाइदिन्छु भन्दै ठग्ने व्यक्ती पक्राउ परेका छन् । टर्की, गी्रस लगायतका देश तथा युरोपियन क्रुइसहरुमा राम्रो काम लगाईदिन्छु भनी आकर्षक तलब देखाइ ठग्ने ३० बर्षीय बिष्णु सिवाकोटीलाई प्रहरीले आईतबार नियन्त्रणमा लिएको हो ।

टर्कीमा पुगेपछी अष्ट्रेलिया, क्यानडा लगायतका देशहरुमा समेत जान मिल्ने र पछि परिवारलाई समेत लान पाईने सपना देखाई टर्की पुर्याएर अलपत्र पार्ने सिवाकोटीले बि.एस. कन्सल्टेनसी सञ्चालन गर्दै आएका छन् ।

उनलाई प्रहरीले विर अस्पताल मार्गबाट नियन्त्रणमा लिइएको हो । उनीविरुद्ध मानव बेचबिखन तथा ओसार पसार र ठगीको मुद्धा दर्ता गरिएको छ । ठगीमा संलग्न निरन्जन भट्टराईलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सिवाकोटी र भट्टराईलाइ सोमबार अदालत पेश गर्ने तयारी भईरहेको छ ।