समाचार

३ किलो सुनसहित ५ जना पक्राउ

काठमाडौं । ३ किलो सुनसहित ५ जना पक्राउ परेका छन् । राजधानीको नागढुङ्गा चेकप्वाइन्टबाट शनिबार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको चम्पाराका १९ बर्षीय दिपक कुमार मोर्रे र कञ्चनपुरका २३ बर्षीय मनोज विक, ४५ बर्षीय अशोक कुमार, २५ बर्षीय सन्जना साह र ५९ को चन्द्र मोहन जोशी रहेका छन् ।  मोर्रे पक्राउ गरिएको गाडीका चालक समेत हुन् ।

Maruti 800 (UK 024684) नम्बरको गाडीको एयर फिल्टरबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसबारे अनुसन्धान गर्दा तिन केजी सुन कञ्चपुरको गड्डाचौकीबाट नेपाल भित्र्याईएको खुलेको छ । काठमाडौँको नागढुङ्गाबाट गाडी चेकजाचँ गर्दा शनिबार उक्त सुन फेला परेको थियो । थप अनुसन्धान भईरहेको छ ।

घटनामा संलग्नलाई भन्सार ऐन २०६४ को दफा ५३ किलो सुनसहित ५ जना पक्राउ७ (१) (ङ) अनुसार १ करोड रुँपैया भन्दा वढी ५ करोड रुँपैयासम्मको विगोमा १ वर्षदेखी ३ वर्षसम्म कैद हुने वयवस्था रहेकोले आवश्यक कानूनि कारवाहीको लागी राजस्व अनुसन्धान विभाग पठाईने भएको छ ।