मनोरञ्जन

‘तिम्रो बचनले’ भिडियो लिएर आईन गायिका शान्ता

काठमाडौं । ३ बर्ष अगाडि बाचा एल्बम सार्वजनिक गरेर नेपाली साँगितिक बजारमा प्रबेश गरेकी गायिका शान्ता जिसीको नयाँ म्युजिक भिडियो ‘तिम्रो बचन’ ले सार्वजनिक भएको छ ।

बुटवलको बागेश्वरी संगित बिद्यालयमा सात बर्ष संगीतको प्रशिक्षण लिएर संगितमा पाईला चालेकी शान्ताको यस म्युजिक भिडियोमा मोडल दिक्पाल कार्की, सम्पदा बानिया र बालकलाकार आयुशी लुईटेलको अभिनय देख्न सकिन्छ ।

गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने गायिका आँफैले शब्द कोरेकी छिन् । गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ भने रेकर्ड तथा मिक्सिङ किशोर थापाले गरेका छन् ।

भिडियोलाई आर्टिस्टनेपाल स्टुडियोस एन्ड प्रोडक्सनको ब्यानरमा निर्देशक नव ढुंगेलले निर्देशन गरेका छन । संचारकर्ममा एक दशक बिताईसकेका ढुंगेल मन छुने भिडियो निर्देशनमा माहिर छन ।

उनले ८० को हाराहरीमा म्युजिक भिडियो तथा १ दर्जन टेलिभिजन कमर्सियल निर्माण गरिसकेका छन । त्यस्तै भिडियोलाई अमृत सुनुवारले छाँयांकन गरेका छन भने माधव बेल्बासेले संपादन गरेका छन ।

गायिका शान्ताका यस् अघी बाचा ,तिज गीत टोकियोमा किनेको साडी, बरिलै लगायतका भिडियो सार्वजनिक छन ।

भिडियो:-