मनोरञ्जन

कमलरी जीवनको प्रस्तुति

काठमाडौँ । ‘फ्रिडम फ्रम फियर’ अवार्डबाट सम्मानित उर्मिला चौधरीले ११ वर्षका उमेरबाट कमलरी जीवनमा भोग्नुपरेको हिंसा, दमन, विभेददेखि दासतामुक्ति आन्दोलनमा खेलेको भूमिकाबारे आफ्ना अनुभव, भोगाइ, सिकाइबारे आज प्रस्तुति दिएका छन् ।

विवेकशील साझा पार्टीले आजदेखि सो शृङ्खला सञ्चालनमा ल्याएको पार्टीको सामाजिक न्याय तथा समावेशिता विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिए ।

पार्टीका संयोजक रवीन्द्र मिश्रले समनताविनाको समृद्धि दिगो हुन नसक्ने बताए । अर्का संयोजक उज्ज्वल थापाले समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिए । शृङ्खलाको दोस्रो प्रस्तुति आगामी साउन दोस्रो साता हुने जनाइएको छ ।