समाचार

देशभरको मौसममा आउदैँछ उतारचढाव, महाशाखाले दियो यस्तो चेतावनी

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभरको मौसम बदली हुने जनाएको छ । देशभरको मौसम बदली भई देशका अधिकांश स्थानमा भारी बर्षा हुने महाशाखाले बताएको हो ।  भारी बर्षाका कारण ठूलो बाढी आउने चेतावनी दिदैँ सचेत रहन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले मनसुन सक्रिय भएकाले चुरे तथा महाभारत श्रृङ्खलाका खोला तथा नदीमा ठूलो बाढी आउन सक्ने खतरा औल्याएको छ । नदी छेउछाउमा बसोबास गर्दै आएका बासिन्दालाई सतर्क रहन र सम्भव भए बास सर्न समेत महाशाखाले आग्रह गरेको छ ।

बिशेष गरी बागमती र नारायणीको तटीय क्षेत्रका बासिन्दा बिशेष सतर्कता अपनाउन भनेको छ ।